बाबुराम भट्टराईको एउटा ट्वीटबाट आक्रोशित हुँदै उनकै पार्टीका ११ विद्यार्थी नेताले दिए सामुहिक राजीनामा

बाबुराम भट्टराईको एउटा ट्वीटबाट आक्रोशित हुँदै उनकै पार्टीका ११ विद्यार्थी नेताले दिए सामुहिक राजीनामा

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

पर्सा ६ असार । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्साका बरिष्ठ उपाध्यक्ष कृष्ण चौरसियासहित ११ जनाले सामुहिक राजिनामा दिएका छन् ।

पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टाराईले समाजिक संजालमा हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएको अभिव्यक्ति प्रति आपती जनाउँदै आफुहरुले सामुहिक रुपमा राजिनामा दिएको उपाध्यक्ष चौरसियाले वताए ।

उनीसंगै जिल्ला सचिव राजु राज गिरी, कोषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजिनामा दिएका हुन् ।

उनीहरुले आफुहरु आवद्ध रहेको संगठन निकट पार्टी कै संघिय परिषद अध्यक्ष डा। भट्टाराईले आफ्नो टुईटर मार्फत हिन्दु धर्ममाथी अघात पुग्ने गरी दिएको अभिव्यक्ति प्रति खेद समेत प्रकट गरेका छन् ।

यस अघि पनि उनेले बारम्बार हिन्दु धर्ममाथी अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आउनु भएकोले हाम्रो धर्म र संस्कृृति माथी आँच पुग्ने हुँदा हामी उहाँ अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएको चौरसियाले वताए ।

यसका साथै पार्टीको विद्यान विपरित एकतर्फी रुपमा संघिय परिषद अध्यक्ष डा। भट्टाराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न प्रलोभनमा परी मधेश आन्दोलनका मुद्दा समेत छोडेको निष्कर्ष निकाल्दै आफुहरु पार्टीमा रहीरहनु कुनै औचित्य नरहेको ठहर गर्दै राजिनामा दिएको जिल्ला सचिव राजु राज गिरीले वताए ।

उनले भने नेताहरुले मधेशका मुद्दाहरु आफनो निजी मन्त्रालयको लोभ लालच र स्वार्थका लागि पटक पटक धोका समेत दिदै आएको हाम्रो निष्कर्ष रहेको छ । पार्टीको गतिविधि र हिन्दु धर्ममाथि बारम्बार आघात हुने गरी दिएको अभिव्यक्तिको घोर विरोध गर्दै पार्टीमा रही रहनु औचित्य नभएको हुनाले आजको मिति देखि लागु हुने गरी पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएका छौ ।”

समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्षलाई बुझाउने राजिनामा जनता समाजवादी पार्टी पर्सा, जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन, प्रदेश नं‍. २ जनकपुरलाई समेत वोद्धार्थ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ