पाँच किलो अवैध चाँदी सहित व्यापारी पक्राउ

पाँच किलो अवैध चाँदी सहित व्यापारी पक्राउ

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वीरगञ्ज, ६ साउन । पर्साबाट ५ किलो ३ सय ३४ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

छिमेकी शहर रक्सौलबाट बिरगंजतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी ईनर्वाले अवैधरूपमा ल्याउँदै गरेको सूचनाका आधारमा सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थाई घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गरीरहेका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो ।

पैदल हिँडीरहको अवस्थामा शंकास्पद देखेपछि वीरगञ्ज र रक्सौलको सिमाना शंकराचार्य गेटनिर चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र उक्त चाँदी बरामद भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ परेका साहलाई बरामद चाँदीसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता खनालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ