एमाले भित्र एक पछि अर्को आन्तरीक विवादले उग्र रुप लिईरहेका बेला संगठनमा समेत एक अर्काको काउन्टरमा सक्रिय बनाउन थालिएको छ । ओली समुहले युथफोर्स ब्युताएपछि माधव समुहले यस अघि नै अखिल फोर्स घोषणा गरेको थियो ।
त्यस पछि ओली समुहले मंगलबार आईटी आर्मी घोषणा गरेको थियो । अब लगत्तै माधव समुहले पिपल्स भोलन्टियर घोषणा गर्ने भएको छ । यो घोषणा बिहिबार वरिष्ठ नेता माधव कुमार नेपालको उपस्थितिमा घोषणा हुने युवा संघ नेपालद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यो घोषणा युथफोर्स ब्युताउने महेश बस्नेतकै जिल्ला भक्तपुरको सूर्य विनायकमा हुनेछ ।
आम भेला मार्फत पिभिको घोषणा हुने युवा संघका उप महासचिव सञ्जीव राईले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline