खैरो हिरोइन सहित पक्राउ परेका वडाध्यक्षलाई बचाउन व्यापक चलखेल

खैरो हिरोइन सहित पक्राउ परेका वडाध्यक्षलाई बचाउन व्यापक चलखेल

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पर्सा , ६ साउन । गत आइतबार राति खैरो हिरोइन ९ब्राउन सुगर० सहित पक्राउ परेका पर्साको पकहामैनपुर गाउँपालिका वडा नंं। १ का वडाध्यक्ष लगायत तिनै जनालाई बचाउन व्यापक चलखेल भइरहेको छ । सरकारी नम्बर प्लेटको पल्सर मोटरसाइकल आफै चलाउँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ७९ ग्राम खैरो हिरोइन ९ब्राउन सुगर० सहित विन्दवासिनी स्थितबाट करिब रातिको साढे १० बजेको सममया पक्राउ गरेको वडाध्यक्ष लगायत तिनै जनालाई बचाउनका लागि अहिले व्यापक कसरत भइरहेको छ ।
नेकपा एमाले निकट पार्टीबाट निर्वाचित वडाध्यक्षलाई प्रहरी हिरासतबाट मुक्त गराउनका लागि नेकपा एमाले पार्टीका नेता कार्यकर्ता एवं पार्टी निकट पत्रकारहरु पनि लागि परेको बताइएको छ । नेकपा एमालेका नेता देखि एमाले निकट पत्रकार संघका नेताहरु अहिले जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म दौडधुप गरि रहेको बताइएको छ ।
यहाँसम्म कि उनीलाई बचाउन लागि पार्टीका नेता कार्यकर्ता मात्र नभई नेपाल पत्रकार महासंघ पर्सा शाखाका केही पदाधिकारी पनि लागि परेका छन् । वीरगंजबाट प्रकाशित हुने विभिन्न अनलाइनदेखि पत्रपत्रिकाहरुमा सहनीको पक्षमा समाचारहरु प्रकाशन भएकोले पनि उनलाई बचाउन व्यापक चलखेल भइरहेको पुष्टि हुन्छ । सहनीलाई फसाउन खोजिएको भनेर विभिन्न पत्रपत्रिका एवं अनलाईनहरुमा समाचार प्रकाशन भएको देखिन्छ ।
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले गत आइतबार राति करिब साढे १० बजेको समयमा अवैध लागु औषध खैरो हिरोइन सहित एकजना वडाध्यक्ष लगायत ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका वडा नं। १ का वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनी, वडासदस्य ४० वर्षीय बलिष्टर सहनी एवं लागुऔषध कारोबारी ५२ वर्षीय रामदेश सहनी रहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले गएराति करिब साढे १० बजे रातिको समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं। १९ बर्वा स्थितबाट तिनैजनालाई पक्राउ गरेको थियो । रातिको समयमा एकैसाथ आएका ना।१ ब ३५९५ नम्बरको सरकारी नम्बर प्लेटको पल्सर र ना।६२ प १९४२ नम्बरको सिबिजेड मोटरसाइकल रोकी चेकजाँच गर्दा सरकारी नम्बरको ना।१ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको थियो ।
पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तर वडाध्यक्षलाई फसाइएको भनेर समाचारहरु प्रकाशन गरेर मुद्दालाई मोड्न खोजिएको देखिन्छ । प्रहरीले सहनीलाई रँगेहात लागु औषध सहित पक्राउ गरेको भएपनि वीरगंजबाट प्रकाशित हुने केही पत्रपत्रिका एवं अनलाईनहरुमा सहनीलाई फसाइएको भनेर समाचारहरु प्रकाशन गर्न लगाएर मुद्दालाई कमजोर पार्न खोजिएको बताइएको छ तर यस्ता भ्रामक समाचारले अनुसन्धानमा कुनै किसिमको असर नपार्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार अभियुक्त पक्राउ परेको स्थानबाट ७९ ग्राम मात्रै खैरो हिरोइन बरामद भएको हो र त्यस क्रममा फेला परेका सबुत प्रमाणको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान भइरहेको छ, पार्टीसँग आबद्ध जनप्रतिनिधि नै पक्राउ परेको हुनाले यस मुद्दालाई तोड्न मोड्न धेरै जना लागि परेका छन् तर त्यसबाट अनुसन्धानमा कुनै किसिमको असर नपर्ने ठोकुवा गरे ।
यहाँ भ्रम सृजना गर्ने हिसाबले समाचारहरु लेख्न चलन छ, उनलाई फसाइएको हो कि आफै फसेका छन्, त्यो समाचार लेख्ने सञ्चारकर्मीलाई थाहा होला भन्दै यसरी जथाभाबी प्रकाशन हुने भ्रामक समाचारहरुले कुनै असर नगर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ