चीनबाट थप भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदैछ । स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज खोप आउनेछ । जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
यस अघि असार २४ मा ८ लाख डोज ल्याईएको थियो । चीनसँग कुल ४० लाख डोज खोप खरीद गरिएको छ भने १८ लाख डोज खोप अनुदानमा उपलव्ध भएको छ । यसै साता अर्को खेप खोप पनि ल्याउने तयारी सरकारले गरेको छ । चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline