फास्टट्रयाक विधिबाट काम गर्दै स्वरोजगार कोष, एकै दिन ८० वटा कर्जा लगानीका फाईल स्वीकृत

फास्टट्रयाक विधिबाट काम गर्दै स्वरोजगार कोष, एकै दिन ८० वटा कर्जा लगानीका फाईल स्वीकृत

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 40.6K
    SHARES

काठमाडौं, ५ साउन । युवा तथा साना व्यवशायी स्वरोजगार कोष यतिबेला युवाहरुमा व्यवशायीक कर्जा लगानीमा आक्रामक योजना सहित लागिपरेको छ ।
आर्थिक वर्ष २०७७/ ०७८ भित्र स्वीकृत सहकारीहरुसँग कर्जा प्रवाहका लागि धमाधम सम्झौता भईरहेका छन् भने साझेदारी कार्यक्रम अन्तर्गत पनि सम्झौताहरु अघि बढीरहेको कोषले जनाएको छ । कोषले कर्जा प्रवाहका लागि असार मसान्त सम्म सहकारी तथा वित्तिय संस्थालाई आवेदन दिन समय दिएको थियो ।

कोषबाट रिण आवेदन लिएर सँयौँ सहकारी कोषमा आएका छन् । त्यसरी आएका सहकारीको अनुगमन गरी कर्जा प्रवाहका लागि प्रकृया पुगेकाहरुको फाईल स्वीकृत गर्ने कार्य भईरहेको छ । आज एकै दिन उदयपुरका मात्रै नियमिततर्फ १७ वटा सहकारी र साझेदारी कार्यक्रम अन्तरगतका ९ वटाको फाईल स्वीकृत गरिएको छ भने आजै अन्य प्रदेश र जिल्लाका गरी ८० वटा बढी सहकारी तथा साझेदार संस्थासँगको रिण सम्झौताको फायल स्वीकृत भएको कोषका उपाध्यक्ष डा. देवराज रोका कल्याणले जानकारी दिए ।
६५ सालमा स्थापना भए पनि उल्लेख्य प्रगति गर्न नसकि नियमावलीको भरमा मात्रै चलेको कोष झण्डै बन्द हुने स्थितिमा थियो । तर डा. रोका आएसँगै कोषले नयाँ गति लिएको देखिएको छ ।
यो बर्ष कोशी ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम, तराई मधेश स्वरोजगार कार्यक्रम, भेरीकर्णाली ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम लगायतका बिशेष कार्यक्रम नै बनाएर उत्पादन तथा व्यवशायमा आधारीत रहेका रिण लगानी बढाउने लक्ष्य राखिएको छ ।
उपाध्यक्ष डा. रोकाले आफै साँझ सम्म बसेर सहकारीको आवेदनको अध्ययन, सहकारीका सञ्चालकसँगको सम्पक र अवस्थाको जानकारी लिएर फायल स्वीकृत गर्ने कार्य गरीरहेका छन् ।
कोष स्थापना देखि हाल सम्म ८५ हजार युवाहरु स्वरोजगार बन्न सफल भएका छन् भने यो परियोजनाका लागि कोषले अर्बौ लगानी गरेको छ ।

सहकारी अनुगमनपछि प्रकृया पुगेर आएका फारम स्वीकृत गर्दै उपाध्यक्ष डा. रोका ।

अहिले कोभिडका कारण क्रृण असुलीमा केही समस्या भए पनि जटिल समस्या भने नरहेको क्रृण असुली शाखाका प्रमुख लोक बहादुर खड्काले बताए ।
कोषका उपाध्यक्ष डा. रोकाले लकडाउनकै बीचमा नयाँ कार्यविधि बनाएको र तात्कालीन अर्थमन्त्रीको सहयोगमा त्यसलाई पारित गरेपछि प्रशासनिक संरचना जस्ता कामहरु राम्रोसँग अघि बढ्न थालेको बताए ।
अहिले अनुशिक्षण, सफलताको कथा प्रकाशन, अहिले विदेश जाने युवाहरुलाई स्वदेशमै श्रम गरौँ भनेर प्रेरणा दिने गरी भारतीय सीमानाकाहरुमा होर्डिगं बोर्ड राख्ने कार्य पनि अघि बढेको डा. रोकाले बताए ।
यस पटक अर्को नयाँ पाटो भनेको कोषको स्वीकृतिमा यस अघि प्रतिव्यक्ति दुई लाखका दरले मात्रै रिण पाउने गरिएकोमा यो आर्थिक वर्षबाट पाँच लाख सम्म रकम व्यवशायीक कर्जा उपलव्ध हुने सुविधा आएको छ । तर यसका लागि कोषका उपाध्यक्षको स्वीकृति चाहिनेछ ।

सरकारले घोषणा गरेका नीतिगत कुराको संरचनागत पहिचान नहुँदा कहिलेकाहि स्वरोजगार कोषमाथि आरोप लाग्ने गरेको उपाध्यक्ष रोकाको गुनासो छ । सरकारले स्वरोजगार बनाउन विना धितो सर्टिफिकेटका आधारमा रिण दिने भनेर योजना ल्याएपनि त्यस्तो सम्बन्धित निकायले दिएको सिफारीसका आधारमा युवा बैंकमा जाने तर झुलाएर लामो समय राखेपछि धितो के छ ? भनेर सोधेर फर्काउने गरेको छ र त्यसरी फर्किएका कतिपय युवा कोषमा आएर गुनासो गर्ने गरेको उपाध्यक्ष डा. रोकाले भने, तर कोषले आफ्नो कार्यक्षेत्रमा रहेर फास्टट्याकमा काम गरिरहेको छ ।

सकेसम्म सरकारले एकद्धार प्रणाली मार्फत स्वरोजगार अभियानलाई चलाउदा राम्रो हुने सुझावहरु यस अघि पनि आउने गरेका थिए ।

भेरी-कणाली स्वरोजगार कार्यक्रम अन्तरगत सम्झौता गर्न आएका सहकारीका प्रतिनिधिसँग छलफल हुँदै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी