एमाले भित्रको विवादले पुनः चरम रुप लिईरहेका बेला २२ सांसदलाई सोधिएको स्पष्टीकरणको जवाफ माधव समुहले नदिने भएको छ । हिजोको केन्द्रीय समितिको बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माधव समुहका नेताहरुले आन्तरीक छलफल गरी ओली समुहले एकलौटी गरेकाले स्पष्टीकरणको जवाफ दिईरहनु आवस्यक नपर्ने ठहर गरेको हो ।
ओली जेठ २ अघि नफर्किएकाले अहिले एमाले नभई दुई समुह मात्र रहेकाले एक समुहले सोधेको स्पष्टीकरणको जवाफ किन दिने ? एक सांसदले प्रश्न गरे ।
स्पष्टीकरण नदिएमा आज बस्ने केन्द्रीय समितिको बैठकले २२ सांसदलाई कार्बाही गर्ने संभावना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline