घरेलु मदिरा एकै ठाँउमा खाएका रोल्पाका चार जनाको मृत्यु, थप दुईको अवस्था गंभीर

घरेलु मदिरा एकै ठाँउमा खाएका रोल्पाका चार जनाको मृत्यु, थप दुईको अवस्था गंभीर

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेर विरामी भएका चार जनाको मृत्यु भएको छ भने थप दुई जनाको अवस्था गंभीर छ । मतक सबै रोल्पाका वासीन्दा हुन् । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको हो ।
मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका(५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको प्रहरीले जनाएको छ ।

उनीहरु गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको छ । अहिले उनीहरुको उपचार भईरहेको छ ।
मदिराले मृगौलामा क्षति गरेको देखिएको अस्पताल स्रोतले जनाएको छ । मदिरा बेच्ने होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ