आजदेखि काठमाडौं–दिल्ली सातामा ६ वटा उडान हुने

आजदेखि काठमाडौं–दिल्ली सातामा ६ वटा उडान हुने

  • सोमवार, साउन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौं, ४ साउन । आजदेखि काठमाडौं देखि दिल्ली सम्म ६ वटा नियमित उडान हुनेभएको छ । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–दिल्ली उडानको संख्या सातामा २ बाट ६ पुर्‍याएको हो ।

आजदेखि लागू हुनेगरी नेपाल वायुसेवा निगम र भारतीय ध्वजाबाहक एयर इन्डियालाई सातामा ३/ ३ गरी ६ वटा उडान गर्ने अनुमति दिईएको प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बताए ।

वैशाखमा कोरोना संक्रमणको दोस्रो लहरको चेन ब्रेक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ देखि सातामा १४ वटा उडान हुँदै आएको काठमाडौं–दिल्ली सेक्टरमा दुइटा उडानमा सीमित गराएका थिए ।

त्यसयता नेपालले अन्य मुलुकमा व्यवसायिक उडानमा रोक लगाएपनि नेपाल भारत उडान सातामा दुइटा हुँदै आएको थियो । पछिल्लोपटक निषेधाज्ञा खुकुलो भएसँगै यात्रु चाप वृद्धि भइ यो रुटको हवाइ भाडा एकतर्फी ५० हजार रुपैयाँसम्म पुगेपछि मन्त्रीपरिषद्को शनिबारको बैठकले एयर बबल अवधारणा अन्तर्गत भइरहेका उडानको संख्या बढाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार, प्राधिकरणले साउन ४ गतेदेखि भदौ १५ गतेसम्म दुई देशका वायुसेवालाई सातामा ६ वटा उडान गर्ने अनुमति दिएको हो । यी वायुसेवाले नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गराउदै सेवा दिनुपर्ने छ । अब नेपाल–भारत उडान बिहीबारबाहेक बाँकी ६ दिनै हुने छन् ।

अघिल्लो लकडाउनमा ०७७ चैतदेखि बन्द भएको नेपाल भारत उडान ०७८ पुसबाट मात्रै एयरबबल अवधारणा अन्तर्गत सञ्चालनमा ल्याइएको थियो ।

यो अवधारणा अन्तर्गत नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम र भारतको एयर इन्डियाले पुसदेखि दैनिक एक–एक उडान मात्रै गर्दै आएका थिए । लकडाउनको अवधिमा ८ महिना रोकिएको नेपाल–भारत उडानलाई दोस्रो लकडाउनमा मन्त्रिपरिषद्ले बन्दै नगरी सातामा दुइटा उडानमा खुम्च्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी