पार्टी एकता जोगाउन भन्दै एमाले माधव नेपाल समुहका आधा जति मात्रै सांसदले प्रधानमन्त्री देउवालाई विस्वासको मत दिने भएका छन् । ओली सरकार बिरुद्ध गठबन्धनमै सामेल भएर राष्ट्रपति कार्यलयदेखि अदालत सम्म पुगेका एमालेका २३ सांसद मध्य ११ जनाले विस्वासको मत दिने भएका छन् । जसपाको सबै सांसदले देउवालाई मत दिने भएकाले पनि नेपाल समुहका केही सांसद तठस्त बस्ने भएका हुन् । यसै गरी ओली समुहका पनि केही सांसद तठस्त बस्ने छन् ।
पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बस्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले राख्नुभएको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिनुभएको छ । उहाँहरूसँगै निस्कनुभएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिने बताउनुभयो ।
सोही समूहका सांसद निरादेवी जैरुले भने कार्यदलमा रहेका नेताहरू मात्रै तटस्थ रहने र अन्यले मत दिने जनाउनुभयो । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले यही घटनामा सांसदबाट राजीनामा दिनुभएको छ ।