कञ्चनपुर , ३ साउन । भिमदत्त नगरपालिकाको फोहरमैला ब्यबस्थापन प्रभाबकारी र ब्यबस्थित गर्न ग्ल्म्ए को आर्थिक सहयोग र भीमदत्त नगरपालिकाको सझादेरीमा निड्स नेपालले हरित पुनः स्थापना प्रबर्दन आयोजना संचालन गरेको छ । झन्डै १० महिना सम्म संचालन हुने उक्त परियोजनाको आज एक कार्यक्रमका बिच उद्घाटन गरियो छ। बिभिन्न वडाका वडा अध्यक्षहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत सरोकारवालाहरु को उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता भिमदत्त नगरपालिकाका नगर प्रमूख सुरेन्द्र बिस्टले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका वातावरण अधिकृत गणेश ठगुन्ना ले गर्नुभएको थियो। उत्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिस्टले नगरपालिकाको सुरुवाती इतिहाँस नै फोहरमैला ब्यबस्थापन गर्नका निमित्त भएको बताए । भिमदत्त नगरपालिकाले फोहरमैला ब्यबस्थापनको लागि आवश्यक सबै कदम उठाउने र उक्त कार्य का लागि सबै पक्ष उतिकै जिम्मेवारी रहेको बताउनुका साथै फोहरमैला ब्यबस्थापनको लागि नगरपालिकाले निजि साझेदारी गर्न पनि तयार रहेकोले निजि पक्षलाई अगाडी आउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा पीजीआरपि परियोजनाका परियोजना संयोजक केशब राज पन्त ले यस परियोजनाको उदेश्य सहितको भाबि कार्य योजनाका बारेमा प्रस्तुति गर्नुहुदै फोहरमैला ब्यबस्थापन लाई आगामी दिनमा आर्थिक उत्पादन संग प्रतक्ष जोड्नुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रम मा उपस्थित सहभागी हरुले बढ्दो बजारीकरण संगै फोहरमैला ब्यबस्थापन चुनौतिको रुपमा देखिन थालेको कुरा सर्बविदित रहेकोले दिगो समाधान खोज्ने आग्रह गरेका छन् ।
कार्यक्रम को उदेश्य र निड्स नेपाल ले यस नगरपालिकाको फोहरमैला ब्यबस्थापनका लागि चालेको कदमका बारेमा प्रस्ट पार्दै निड्स नेपाल का कार्यकारी निर्देशक भव राज रेग्मी ले फोहरमैला ब्यबस्थापन संगै हरियाली कायम गर्न नगर भित्र रहेको खाली जमिनलाई हरियाली पार्क मा परिणत गर्नुपर्ने र कुहिने फोहरमैला बाट घर घरमै प्रांगारिक मल बनाउनु जरुरि भैसकेको बताए ।