प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत लिनु अघि एमाले सांसद भीम रावलले सांसद पदबाट आजै राजीनामा दिएका छन् । उनी अछामबाट निर्वाचित सांसद हुन् । उनी माधव नेपाल पक्षमा रहँदै आएका थिए । उनले सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।
आइतबार बिहान उनि सहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए । तर सहमति नभए पछि राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत हुनँ बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline