प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।
अब यो प्रस्तावलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अघि बढाउने निर्णय गर्ने छ । त्यसपछि आजको संसदको संभावित कार्यसूचीमा विस्वासको मत लिने सम्बन्धि प्रस्ताव संसदमा पेश हुनेछ ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएर उनले सरकारको सुरक्षा गर्न खोजेका छन् । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् ।
माधव समुहका सांसदले पनि मत दिने भएकाले देउवाको कार्यकाल सुरक्षित मात्र हुने छैन , पटक पटक विघटित भएको संसदले आफ्नो पूरा कार्यकाल काम गर्न पाउनेछ ।