काठमाडौं । नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र आज सरकारमा जाने छ ।
मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति बनेको छ ।
दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ। मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आजै दिँउसो तीन बजे हुनेछ ।
जसपा विभाजनको स्थितिमा आएपछि महन्त ठाकुर पक्षका मन्त्रीलाई हटाउदै यादव समुहले काँग्रेस र माओवादीलाई सरकारमा सामेल गराएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline