साउन १ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । अब खातीको शपथ सर्वोच्चमा हुनेछ ।
सरकारको सिफारीसमा महान्यायधीवक्तामा राष्ट्रपतिले नै नियुक्ति गरेकाले राष्ट्रपतिकै उपस्थितिमा शपथ हुनु पर्ने उनको माग थियो ।
महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास रहेको छ ।
यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ खुवाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline