बैठक रोक्न भन्दै प्रतिष्ठानमा पुगेका रावल सहित माधव समुहका नेता बाहिरिए

बैठक रोक्न भन्दै प्रतिष्ठानमा पुगेका रावल सहित माधव समुहका नेता बाहिरिए

  • शुक्रबार, साउन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

स्थायी कमिटि र संसदीय दलको बैठक रोकेर संवाद गर्नु पर्ने र सहमतिमा बैठक राख्नु पर्ने भन्दै एमाले माधव समुहका नेताहरु तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको कार्यलय पुगे पनि अध्यक्ष ओलीले बैठक नरोकिने जनाउ दिएपछि नेताहरु फिर्ता भएका छन् ।
भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक स्थलमा पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । तर ओलीले बैठक नरोकिने भनेपछि ती नेताहरु बैठकमा नबसी बाहिरिएका हुन् । अहिले स्थायी समितिको बैठक जारी छ । बैठकमा आज नेता वामदेव गौतम पनि अनुपस्थित छन् । यस अघि उनी बालुवाटार बैठकमा पुगेका थिए । पूर्व माओवादीका बादल सहित चारै जना नेता भने आजको बैठकमा बसेका छन् ।
आजै संसदीय दलको बैठक पनि बस्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ