काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ ।
जिसीलाई आज बिहान चार बजे उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
मेयर जिसीलाइ थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पतालमा हेलिकप्टर मार्फत ल्याउने तयारी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline