लुम्विनी प्रदेश सभाको बैठकमा बिपक्षी गठबन्धनले बजेट पास हुन नदिने संकेत पाएपछि सत्तारुढ एमालेका सांसद र मुख्यमन्त्री एकाएक बैठकबाट बाहिरिएका छन् । विहिबार जसरी पनि पारित गरीसक्नु पर्ने बजेट फेल हुने डरले मुख्य मन्त्री नै बैठक छाडेर हिँडेकाले अब बजेट सदनबाट पारीत हुनेमा संसय पैदा भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले अब बजेट अध्यादेश मार्फत ल्याउन सक्ने आंकलन शुरु भएको छ । पटक पटक अल्पमतमा पर्दै राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल अल्पतमतमा रहेको बिपक्षी दलको दाबी छ ।
सत्तारुढ दल नै संसद अवरोधमा उत्रिएपछि संसदको भूमिकामा प्रश्न उठेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline