युनाईटेड ईन्स्योरेन्स अर्ब क्लबमा प्रवेश, केक काटेर उत्सव !

युनाईटेड ईन्स्योरेन्स अर्ब क्लबमा प्रवेश, केक काटेर उत्सव !

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

आर्थिक वर्ष २०७७।०७८ को अन्त्य हुँदै गर्दा यस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोड माथिको बीमाशुल्क आर्जन गरिसकेकोछ । कोविडको महामारीको विषम परिस्थितिमा समेत यस यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको छ ।
कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा रु ६९ करोड बीमाशुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो । अर्ब क्लबमा प्रवेशका अवसरमा कम्पनीले केट काटेर उत्सव मनाएको छ ।
कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ