पेट्रोलियम पदार्थको मूल्य १ रुपैया घट्यो

पेट्रोलियम पदार्थको मूल्य १ रुपैया घट्यो

  • बुधबार, असार ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

३० असार, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि निगमले एक रुपैयाँ मूल्य घटाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दै आएका थिए । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल रमट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

‘स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गर्दै जाँदा इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको मागलाई मध्यनगर गर्दै बुधबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मटितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय भएको छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल/मटितेल प्रतिलिटिर १ सय ११/१ सय ११ कायम गरिएको छ ।’
अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेकाले निगमको आर्थिक स्थिति उकास्न मूल्यलाई समायोजन गर्दै लैजानुपर्ने बाध्यतालाई बुझ्न समेत निगमले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी