नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै पहिलो निर्णयमै पाँच अर्ब रुपैया खोपका लागि निकासा गरेका छन् ।
आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् ।
मन्त्री शर्माले सरकार कोरोना नियन्त्रणका लागि केन्द्रीत हुने पनि बताए ।
आज नै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन् । नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline