सुजिता ठाकुरको हत्या आरोपमा चार पक्राउ

सुजिता ठाकुरको हत्या आरोपमा चार पक्राउ

  • बुधबार, असार ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

महोत्तरी जिल्लाको भ्रमरपुरा सुजिता ठाकुरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक सुजिताका देवर वर्ष २९ का रुपेश ठाकुर, भ्रमरपुरा ७ का ३७ वर्षका बण्डा भनिने किशोरी मण्डल, वर्ष ३३ का मुल्ला भनिने आदम राईन र ३२ वर्षका नथुनी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
असार १३ गते नै प्रहरीले सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेशलाई नियन्त्रणमा राखेको र अन्य ३ व्यक्तिलाई अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए । जेठ २० गतेबाट वेपत्ता भएकी सुजिताको खोजी गर्ने क्रममा असार १३ गते खेतमा धानको ब्याड राखेको ठाउँमा ७ फिट तल उनको कपाल, पोको पारेको तन्ना र झ्यालको पर्दा सँगै शव गलाउन राखिएको नुन र केमिकल भेटिएपछि प्रहरीले सुजिताको हत्या भएको ठहर गरेको थियो ।

सोही दिन प्रहरीले मृतक ठाकुरको देवर रुपेश र श्रीमान्‌ मुकेशलाई पक्राउ गरेको भए पनि श्रीमान्‌को घटनामा संलग्नतानदेखिएको भन्दै प्रहरीले उनलाई छोडेको छ । देवर रुपेश हत्यामै संलग्न र अन्य पक्राउ परेका व्यक्ति शव ओसारपसारमा सहयोगी देखिएको प्रहरीले जनाएको छ ।

सुजिताका ससुरा पतिराम ठाकुर, सासु रामपती देवी र देउरानी रोमी भनिने प्रिया ठाकुर भने फरार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ