सर्वोच्चको फैसलाप्रति प्रधानमन्त्री ओलीको आक्रोश

सर्वोच्चको फैसलाप्रति प्रधानमन्त्री ओलीको आक्रोश

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

२९ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण पदमुक्त भएका निवर्तमान प्रधानमन्त्री केपी ओलीले फैसलाप्रति आक्रोस व्यक्त गरेका छन् ।
सर्वोच्च अदालतले संविधान नै संसोधन गरेको ओलीको आरोप छ ।
सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको भएको र केहीलाई विजयी भाव ल्याएपनि लोकतन्त्रको मुल्य मान्यतामा अर्थहिन हुने बताएका छन् ।

सांसदलाई धारा ७६ को उपधारा ५ मा ह्वीप नलाग्ने भनी गरेको फैसलाप्रति पनि ओलीले असन्तुष्टी जनाए । सर्वोच्चको व्याख्याले दलीय व्यवस्थालाई चुनौती दिएको उनको टिप्पणी छ ।
निश्चित व्यक्तिको निश्चित स्वार्थका लागि गरिएको फैसला भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

ओलीले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै ओलीले ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ’ भने ।
“मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, प्रधानमन्त्री ओलीले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ