खरीद बिल नदेखाउने र बढी मुल्य लिने पाँच व्यापारीमाथि कार्बाही

खरीद बिल नदेखाउने र बढी मुल्य लिने पाँच व्यापारीमाथि कार्बाही

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

पर्सा २८ असार । बिरगंजको पसलहरुले खरिद बिल नदेखाउने र बढी मुल्यमा समान बिक्री गर्दै गर्दा अनुगमन टोलिले ५ पसल दण्डित भएका छन् ।

उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिजय संघ र कञ्जुमर आई नेपालका प्रतिनीधिसहितको अनुगमन टोलीले वीरगञ्जका ५ पसललाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

खरिद बिल नदेखाउने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मीनाबजारस्थित आयुष गल्ला किराना पसल, राहुल एण्ड नवीन किराना, न्यू अमित किराना स्टोर्स र कन्हैया किराना पसललाई २० हजारका दरले ८० हजार रुपैयाँ जरिवाना तिराएको उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्वेले बताए ।

त्यसैगरी अनुगमन कार्यमा असहयोग गर्ने सोही ठाउँको कोमल स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

जरिवानाको रकम एक साताभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको कार्यालयका प्रवक्ता खत्वेले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ