अमेरीकाले नेपाललाई दिएको १५ लाख डोज खोप काठमाण्डौ आईपुग्यो

अमेरीकाले नेपाललाई दिएको १५ लाख डोज खोप काठमाण्डौ आईपुग्यो

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट कतार एयरवेजमार्फत आज काठमाडौं आइपुगेको हो ।

विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए । उक्त खोप बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए हुन्छ । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप खोप प्राप्त भएको हो । यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदुत बेरीले प्रतिकृया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ