इंग्ल्याण्डलाई हराउदै ईटाली बन्यो युरोकप च्याम्पियन

इंग्ल्याण्डलाई हराउदै ईटाली बन्यो युरोकप च्याम्पियन

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ असार २८ । अन्ततः इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटाली युरोकप च्याम्पियन बनेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।

इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टीमा २ वटा प्रहार बचाएका थिए । तर इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न असफल रहे । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरेका थिए ।
मार्कस रसफोर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुकेपछि लामो समयपछि ठूलो प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको सपना अधुरो रह्यो ।

त्यस्तै इटालीका बेलोटी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफोर्डले रोके। इटालीका लागि फेडेरिक बेर्नार्डेस्की, बोनुची र बेर्राडीले गोल गरे र त्यो नै जीतको लागि निर्णायक बन्यो ।
यसअघि खेलको दोस्रो मिनेटमै इंग्ल्यान्डले ल्युक शको गोलमा अग्रता लिएको थियो । इटालीका लागि खेलको ६७औं मिनेटमा लिओनार्दो बोनुचीले बराबरी गोल गरेका थिए ।

इटालीले सन् १९६८ पछि पहिलो पटक युरो कपको उपाधि जितेको हो । इंग्ल्यान्डले भने सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो ।

इंग्यालण्डको यो पराजयले घरेलु लाखौँ दर्शक निराश बन्न पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ