५५ वर्षपछि उपाधी उचाल्ने सुरमा ईग्ल्याण्ड तर कमजोर छैन ईटाली

५५ वर्षपछि उपाधी उचाल्ने सुरमा ईग्ल्याण्ड तर कमजोर छैन ईटाली

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी । युरोकप फुटबलको उपाधी भीडन्त निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने देखिएको छ ।
बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ ।

यही रंगशालमा इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबल जितेको थियो ।

त्यसपछि कुनैपनि मुख्य प्रतियोगिताको फाईनलमा पुग्न नसकेको इंग्ल्याण्ड आज उपाधि खडेरी तोड्ने ५५ वर्ष पूरानो अभियान साकार पार्न लाग्ने छ । ह्यारी केनको कप्तानीमा रहेको टिमलाई बेलायतका लाखाँै दर्शकले रंगशालामा साथ दिनेछन् ।

तर ईग्ल्याण्डको त्यो सपना साकार पार्न मुख्य पर्खाल छ ईटाली । चार पटकको विश्वकप विजेता इटाली पछिल्लो २८ खेलमा अपराजीत मात्रै छैन । ईग्ल्याण्ड बिरुद्धको खेलमा जीत हात पार्दै आएको पनि छ ।

सन् २००० र २०१२ को फाईनलमा क्रमशः फ्रान्स र स्पेनसँग हारेको इटाली पनि यस पटक यूरोकपको उपाधी लैजाने दाउमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ