शेयर बजार पुनः उकालो लाग्न शुरु, लगानीकर्तामा आशाको संकेत

शेयर बजार पुनः उकालो लाग्न शुरु, लगानीकर्तामा आशाको संकेत

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असार २७, काठमाडौं । शेयर बजार पुनः लयमा फर्किएको छ । आज दुई दर्जन बढी कम्पनीको मुल्यमा सर्किट लागेको छ ।

आज समग्र बजार अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७३.३३ अंक बढेर २८९८.४३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १३.५१ अंक, फ्लोट इण्डेक्स ५.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४५ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। गत साता दैनिक औषतमा साढे ४ अर्ब कारोबार भएको बजारमा यस दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन २२५ कम्पनीको ८२ हजार ४९ पटकको कारोबारमा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से र कारोबार रकम दुबै बृद्धि भएकाले लगानीकर्ताहरुमा आशाको संकेत देखिएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ