वडा अध्यक्ष नै मिलेर भारतीयलाई नागरिकता बनाईदिएको खुलेपछि ८ जना पक्राउ

वडा अध्यक्ष नै मिलेर भारतीयलाई नागरिकता बनाईदिएको खुलेपछि ८ जना पक्राउ

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असार २७, गैंडाकोट । नवलपुरमा वडाअध्यक्ष समेत मिलेर भारतीयलाई नागरिकता बनाईदिएको खुलेपछि प्रहरीले उनी सहित ८ जनालाई पक्राउ गरेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरिएको हो । भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरी हिरासतमा लिएको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेका छन् ।
विभिन्न जिल्लामा नक्कली कागजात बनाएर भारतीयलाई नागरिकता दिने गरिएको पटक पटक सार्वजनिक हुँदा समेत यस्ता गतिविधि अझै नियन्त्रणमा आउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ