‘वातावरणमैत्री नमोबुद्ध’का लागि सडकछेउ वृक्षारोपण

‘वातावरणमैत्री नमोबुद्ध’का लागि सडकछेउ वृक्षारोपण

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

भकुण्डेबेशी–विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारमा सडकको दायाँवायाँ वृक्षारोपण सुरु गरिएको छ ।
वातावरणमैत्री नमोबुद्ध नगर बनाउने अभियानअन्तर्गत डिभिजन वन कार्यालय काभ्रेसँगको सहकार्यमा बजार क्षेत्रमा सडकको दायावायाँ अशोकाका बिरुवा रोप्न थालिएको छ । आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले वृक्षारोपण कार्यको सुरुवात गरे । आफूहरु निर्वाचित भएदेखि नै वातावरणमैत्री नगरपालिका बनाउने प्रतिवद्धताअनुसार काम गरिरहेको र त्यसैको निरन्तरतास्वरुप सडकको दुबैतर्फ वृक्षारोपण थालिएको तिमल्सिनाले बताए । उनले वातावरणमैत्री नमोबुद्ध बनाउने अभियानमा साथ दिएकोमा डिभिजन वन कार्यालय काभ्रेलाई धन्यवादसमेत दिए । नगरपालिकाले सबै वडामा एक वडा एक चौतारो तथा एक वडा एक पोखरी निर्माणको कार्यलाई अभियानकै रुपमा सञ्चालन गरेको उनले बताए । उनले वन कार्यालयको सहयोगमा रोपिएका बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिने पनि बताएका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, डिभिजन वन कार्यालय काभ्रेका डिभिजनल वन अधिकृत देवीचन्द्र पोखरेल, नेपाली कांग्रेसका नमोबुद्ध नगर सभापति कुन्साङ लामा लगायतले वृक्षारोपण गरेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत पोखरलेलले वन तथा वातावरण मन्त्रालयले देशव्यापीरुपमै जंगलमा वृक्षारोपणका साथै अहिले नगरक्षेत्र, ऐलानी तथा पर्ति जग्गामा अभियानकै रुपमा वृक्षारोपण गर्ने तथा उद्यान बनाउने कार्यलाई अघि बढाएको बताए । शहरी क्षेत्रमा वृक्षारोपण गर्दा नगरको सौन्दर्यतामा वृद्धि हुनुका साथै फोहोरमैलाको नियनत्रणमा समेत टेवा पुग्ने उनले बताए । यस्तै डिभिजन वन कार्यालय काभ्रेका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले वन कार्यालय र नगरपालिकाको सहकार्यमा रोपिएका बिरुवाको सरक्षणको दायित्व नगरपालिका तथा नगरबासीको भएको बताए ।
नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार डिभिजन वन कार्यालयको १२ लाख रुपैयाँ आर्थिक सहयोगमा रोपिएका बिरुवा जोगाउने ‘ट्रि गार्ड’सहित २ सय ५० वटा अशोकाका बिरुपमा रोपिनेछ । यसले वातावरणमैत्री नमोबुद्धको अभियान सफल बनाउन मद्दत पुग्ने काफ्लेले जानकारी दिए । डिभिजन वन कार्यालय काभ्रेकै सहयोगमा नमोबुद्ध नगरपालिका २ मा पारिजात पार्क तथा नमोबुद्ध नगरपालिका ८ मा वातावरणमैत्री चिल्ड्रेन पार्क निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ