आरविवि म्युचुअल फण्ड १ मा माग भन्दा बढी आवेदन

आरविवि म्युचुअल फण्ड १ मा माग भन्दा बढी आवेदन

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । प्रति इकाई मूल्य रु. १०– दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये बीज पूँजी बापत १३ (तेह्र) प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ (दुई) प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकार्ई मिति २०७८ असार २३ गते बुधबार देखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा बढी इकाई खरीदका लागि आवेदन प्राप्त हुन आएकोले आज मिति २०७८ असार २७ गते (बैंकिङ्ग समय पश्चात्) सो इकाईका लागि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ ।
यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले यसै सूचनालाई आधिकारिक मानी इकाईका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०७८ असार २७ गते (बैंकिङ्ग समय पश्चात्) बन्द गर्नुहुन समेत क्यापिटलले अनुरोध गरेको छ ।
यस इकाईहरु निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, लगानीकर्ता आवेदकहरु सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा क्यापिटलले धन्यवाद ज्ञापन समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ