पर्सा २७ असार । पर्साको धोबिनी गाउँपालिकामा गाउँपालिकाले आफै बनाएको नियम कानुनको धज्जी उडाएको समाचार प्राप्त भएको छ । गाउँपालिकाको मुख्य तथा सहायक सडकहरु सांघुरो भएका कारण त्यसलाई फराकिलो बनाउँन गाउँपालिकाको बोर्डबाट निर्णय गरिएको थियो । तर त्यो निर्णयलाई आफैले लत्याउदै गरेको स्थानियहरुले गुनासो गरेका छन् ।
२०७५ माघ ५ गते भएको गाउँपालिकाको बोर्डले मुल सडक १० मिटर, सहायक सडक २० फिट र गाउँका सहायक सडक १३ फिट फराकिलो पार्ने निर्णय भएको छ । सोहि बमोजिम गाउँका सहायक सडक १३ फिट फराकिलो बनाउँन अतिक्रमित तथा निजि घरजग्गा खाली गराई सडक बनाउँने कार्य शुरु गरिएको छ ।
तर राजनितिक रिसिभीसाध्न गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीले गाउँपालिकाकै कार्यआदेशमा वडा नम्बर ४ को लंगडीमा गाउँको सहायक १३ फिटको ढलान सडक स्थानिय प्रहरीको बलमा स्काभेटर लगाएर भत्काईएका छन ।
सो सडक ढलानको लागि पालिकाले कार्यादेश दिएपनि केही दिनमै त्यो कार्यादेश रद्द गरेको छ । रद्द गर्नुको कारण पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार र लेखापाललाई मागे अनुसारको कमिसन नपाएको ढलानको जिम्मा पाएका मध्येबाट एक जनाले नाम उल्लेखन नगर्ने शर्तमा बताएका छन् ।
पालिकामा हुने कुनै पनि विकास निर्माणको कार्यमा बिना कमिशनको कुनै पनि काम नहुने गरेको छ । विकास निर्माणको साथै सामाजिक विकास एवं लक्षित वर्गको कार्यक्रममा कार्यदेश दिने बित्तिकै ३० देखि ५० प्रतिशत सम्म कमिसन माग्ने गरेको सामाजिक विकासको कार्यादेश पाएका एक सामाजिक संस्थाका अध्यक्षले गुनासो गरे ।
त्यसैगरी पालिकाका अध्यक्ष कुर्मीले आफनो पदको दुरुपयोग गरेर निर्माण सम्पन्न भएको ढलान सडक भत्काएर १३ फिटबाट ५ फिटमा झारेको स्थानियले आरोप लगाएका हुन । तर, राजनीतिक खिचातानीका कारण गाउँपालिका अध्यक्ष कुर्मीकै निर्देशन तथा उपस्थितीमा नेपाल तथा सशस्त्र प्रहरीलाई समेत प्रयोग गरी स्काभेटर लगाएर सडक भत्काइएको स्थानिय मोटर पटेलले आरोप लगाए ।
गाउँपालिका अध्यक्ष सरेश प्रसाद कुर्मीले आफूले सडक भत्काउँन आदेश नदिएको बताए । उनले भने, अरुको जग्गा अतिक्रमण गरी सडक बनाएकोले अदालतको आदेशमा बनाईएको सडक भत्काईएको हो । सडक बनाउँन गाउँपालिकाले नै कार्यआदेश जारी गरेको थियो ।
अहिले भत्काईएको सडक समेत अतिक्रमण गरी जग्गा धनिले पर्खाल लगाउँने काम गरीरहेका छन । पर्खाल वा घर निर्माण गर्दा स्थानिय तहबाट नक्सा पास ईजाजत लिनुपर्ने हुन्छ । तर जग्गा धनीले गाउँपालिकाबाट ईजाजत नै नलिई सडक अक्रिमण गरी पर्खाल लगाउँने काम गरीरहँदा गाउँपालिका मुकर्दशक बनेको बारे प्रश्न गर्दा अध्यक्ष कुर्मीले बोल्न चाहेन । उनले भने, यो बिषयमा अब केहि बोल्दीन तपाईहरुलाई जे लाग्छ त्यो लेखिदिनुस् ।
गाउँपालिकाका अध्यक्षले मात्र राजनितिक रिसिभिसाधेका छैनन् । सडक विवाद रहेको वडा कै वडा अध्यक्ष मजिद मियाँले सडक फराकिलोको नाममा अरुको घरटहरा भत्काएपनि सडकमा पर्ने आफनो भर भने भत्काएका छैनन् ।
गाउँकै सहायक सडक फराकिलो बनाउँनको लागि ३ फिट भएको ठाउँमा समेत घरटहरा भत्ककाएर १३ फिट चौडा फराकिलो गराईएको छ । ढलान सडक र नाला निर्माणको प्रकृया पनि शुरु भईसकेको छ । तर वडा नम्बर ४ का अध्यक्ष मजिद मियाँले अरुको घरटहरा भत्काएर सडक फराकिलो बनाएपनि आफनो घर भने तोडेका छैनन् ।
वडा अध्यक्ष मियाँले सडक निर्माणमा कुनैपनि ठाउँमा अवरोध नगरेको दावी गरे । मुख्य सडकबाट नभएपनि अहिले काम चलाउँन घरको पछाडी मुनीबाट नाला निकासा गरीरहेको छु । उनले आवश्यक परेको बेला आफनो घर समेत भत्काउँन तयार रहेको बताए ।