अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

असार २७, एजेन्सी। अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।

योसँगै लियोनल मेसीको अर्जेन्टिनाका लागि पहिलो ठूलो उपाधि जित्ने सपना पूरा भएको छ । कोपा अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले रोड्रिगो डे पउलको पासमा २२औं मिनेटमा गरे । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसलाई अफसाइड दिइएको थियो ।

सन् १९९३ यता अर्जेन्टिनाले उपाधि जितेको यो पहिलोपल्ट हो । त्यति बेला अर्जेन्टिनाले कोपा अमेरिकाकै फाइनलमा मेक्सिकोलाई हराएको थियो । आयोजक ब्राजिल भने यसपल्ट आफ्नै भूमिमा भएको कोपा अमेरिकाको उपाधि रक्षा गर्न असफल रह्यो । ब्राजिल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा उत्रेको थियो ।

May be an image of 5 people and people standing

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ