बिपी प्रतिष्ठान सुधारका लागि नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने

बिपी प्रतिष्ठान सुधारका लागि नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने

  • आइतवार, असार २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ असार २७ । धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता र विकृति बढीरहेका बेला त्यसको सुधारको माग गर्दै आज नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ । आज ११ बजे धर्ना दिने तयारी भएको आन्दोलनले जनाएको छ ।
प्रतिष्ठानमा मौलाएको बेथिति र सरकारको चरम लापरबाही सार्वजनिक संस्थानहरूमा देखिएको शासकीय अक्षमताको ठोस उदाहरण भएको बृहत नागरिक आन्दोलनको ठहर छ ।
दलीयकरण र त्यसले निम्त्याएको वेतिथिले विपीमा अहिलेको अवस्था आएको र त्याहाँ आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीप्रति ऐक्यवद्धता जनाउन पनि आज धर्ना लिन लागिएको हो ।
प्रतिष्ठानमा उपकुलपति ज्ञानेन्द्र गिरी, निर्देशक गौरी शंकर चौधरी लगायतकाले चरम अनियमितता, भ्रष्टाचार गरेको भन्दै सबै पदाधीकारीले राजीनामा दिनु पर्ने माग गर्दै आन्दोलन थालेका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ