अमेरीकाले १५ लाख डोज कोरोना बिरुद्धको खोप नेपाललाई उपलव्ध गराउने

अमेरीकाले १५ लाख डोज कोरोना बिरुद्धको खोप नेपाललाई उपलव्ध गराउने

  • शुक्रबार, असार २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कोरोना महामारीसँग जुधिरहेको नेपाललाई अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । छिमेकी मुलुक चीनले दुई पटक गरेर १८ लाख डोज कोरोनाको खोप अनुदानमा दिएको छ । नेपाललाई कुनै पनि वैदेशिक सहायता अन्तर्गत प्राप्त सहयोगमा यो सबै भन्दा बढी हो ।
त्यसपछि अमेरीका देखिएको छ । अमेरीकाले नेपाली जनताका लागि भन्दै जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरे अनुसार उक्त परिमाणको खोप शनिबार काठमाण्डौं आईपुग्नेछ ।
यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। त्यही प्याकेज अन्तगत यो खोप आउन लागेको हो ।

यस अघि भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप उपलव्ध गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ