पूर्व मन्त्री शाह बिरुद्ध क्यानडा पठाईदिन्छु भन्दै २० लाख ठगी गरेको प्रहरीमा उजुरी

पूर्व मन्त्री शाह बिरुद्ध क्यानडा पठाईदिन्छु भन्दै २० लाख ठगी गरेको प्रहरीमा उजुरी

  • शुक्रबार, असार २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ असार २५ । माओवादी छाडेर एमालेमा लागेका पूर्वमन्त्री प्रभु साहविरुद्ध क्यानडा पठाईदिने भन्दै २० लाख रुपैया ठगी गरेको आरोप लगाउदै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । काठमाण्डौकी दीपा केसीले प्रहरी वृत नयाँ वानेश्वरमा उक्त उजुरी हालेको खुलेको छ ।
उक्त निवेदनमा रकम लेनदेनको ठोस प्रमाण भने नदेखिएको प्रहरीको दाबी छ ।

दीपाले पूर्वमन्त्री साहले आफूबाट पटक–पटक गरी ३० लाख ५० हजार रुपैयाँ लिएको र १० लाख ५० हजार मात्रै फिर्ता गरेको दाबी गरेकी छन् । फिर्ता भएको रकम पनि तत्कालीन सहरी विकास सचिव रमेश सिंहमार्फत आफूले लिएको दीपाको जिकिर छ । पूर्व मन्त्री शाहले भने ती महिलासँग आफूले कुनै पनि लेनदेन नगरेको बताएका छन् ।
दीपाले मन्त्री साहलाई २०७४ को प्रतिनिधिसभा निर्वाचन ताका १० लाख ५० हजार र त्यसपछि २० लाख रुपैयाँ दिएको दाबी गरिन् । पछिल्लो पटकको रकम संसद् सचिवालयको १ नम्बर भवनको कोठामै गएर दिएको उनले दाबी गरेकी छन् । पछिल्लो पटक दिएको रकम आफ्नो छोरा दीपेश केसीलाई क्यानडा पठाउनका लागि साहलाई दिएको दीपाको दाबी छ । ‘क्यानडामा क्यासिनो सञ्चालक रहेका सर्लाहीका नगेन्द्र झा आफ्नो साथी रहेको र उसैमार्फत क्यानडा पठाइदिन्छु भनेर प्रभु साहले रकम लिएका हुन्,’उनले भनिन् ।
त्यसको २ दिनपछि असार २१ मा दीपाले साहविरुद्ध हातपात र ठगीमा उजुरी दिएको बताएकी छन् । तर, साहले आफूले उनलाई कुनै हातपात नगरेको दाबी गरेका छन् ।
स्रोतका अनुसार प्रहरीले भने ठोस प्रमाण नभएको भन्दै अनुसन्धान अघि नबढाएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ