२५ असार, काठमाडौं । एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल ‘समूह बी’मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल वेष्ट जोनको ‘समूह बी’ मा परेको हो । यस समूहमा नेपालसँगै इरान, ताजिकिस्तान र लेबनान छन् । यस समूहको खेल ताजिकिस्तानमा हुनेछ ।
वेष्ट जोनका २३ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ५ समूहमा ४र४ टिम र एक समूहमा ३ टिम छन् ।
यस्तै इस्ट जोनका १९ टिमलाई ५ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेलहरु आगामी अक्टोबर २३ देखि ३१ सम्म आयोजना हुनेछन् ।
एएफसी यू २३ च्याम्पियनसीप २०२२ जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline