नेपालमा आज २२३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो केही दिन यता संक्रमित बढ्ने र निको हुने घट्ने क्रम जारी छ । आज ११३१३ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।
यसै गरी आज १३१६ जना कोरोनामुक्त भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या ९३४० पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline