समावेशी आयोगद्धारा किशान आयोगका पदाधीकारीसँग छलफल

समावेशी आयोगद्धारा किशान आयोगका पदाधीकारीसँग छलफल

  • बिहिबार, असार २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

समावेशी आयोगका पदाधीकारीले किशान आयोगका पदाधीकारीसँग आज छलफल गरेका छन् । समावेशी आयोगका नवनियुक्त अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा किशान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगाल लगायतकाको उपस्थिति रहेको थियो ।
छलफलमा किशान आयोगका अध्यक्ष डा. दंगालले कृषि सृष्टिकै महत्वपूर्ण पक्ष रहेको भन्दै यो नरहे मानव सभ्यता नै नरहने भन्दै तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।
यसै गरी समावेशी आयोगका अध्यक्ष डा. तिमल्सेनाले किशानको विकास विना देशको विकास संभव नभएको भन्दै उच्च शिक्षा हासिल गरेका जनशक्ति समेत कृषिमा आउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
कृषिमा आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन एक पालिका एक खेती, भूमि बैंक प्रणाली र कृषि बजार व्यवस्थापन प्रणाली स्थापित गरी विचौलीयाबाट किशानलाई मुक्त गर्नु पर्ने अहिलेको राष्ट्रिय आवस्यकता भएकोमा जोड दिए ।
कार्यक्रममा समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाले दुबै आयोगले किशानमुखी योजनामा सहकार्य गर्नु पर्नेमा जोड दिईन् ।
यस्तै अर्का सदस्य हरिदत्त जोशीले कृषि श्रमिकको पहिचान गरी उचित ज्याला निर्धारण हुनु पर्नेमा जोड दिए भने अर्का सदस्य पुष्पराज तिमल्सेनाले सरकारले दिने राहत र अनुदान वास्तविक किशान सम्म पुग्नु पर्नेमा जोड दिए ।
यस्तै समावेशी आयोगका अर्थ कृषि विज्ञ डाल प्रसाद पुडासैनीले आयोगले सञ्चालन गरेको गतिविधिका बिषयमा जानकारी गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ