दार्चुला, २४ असार । दार्चुलाको नौगाढ गाउँपालिका ३ खार नजिकैको चौखुट्टेमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्टले जानकारी दिए ।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डीएपी भट्टले बताए । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।
यस्तै, नौगाढ गाउँपालिका(३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ। नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामीले बाढीले जलविद्युत आयोजना बगाएको जानकारी दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline