अर्जेन्टिना कोपा अमेरीका फुटवलको फाईनलमा, उपाधीका लागि ब्राजिलसँग भीड्ने

अर्जेन्टिना कोपा अमेरीका फुटवलको फाईनलमा, उपाधीका लागि ब्राजिलसँग भीड्ने

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

अर्जेन्टिना कोपा अमेरीका फुटवलको फाईनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको हो ।

आज बिहान सम्पन्न सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३ -२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ।

निर्धारित समयको खेल १ -१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए। कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके।
त्यसअघि खेलको सातौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे। कप्तान लिओलन मेसीले पेनाल्टी एरियामा दिएको पासमा मार्टिनेजले गोल गरेका थिए।

६१ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो। डियासले कार्डोनाले दिएको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ