फेरी बढ्यो इन्धनको मूल्य, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँले बृद्धि

फेरी बढ्यो इन्धनको मूल्य, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँले बृद्धि

  • मङ्लबार, असार २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

असार २२, काठमाडौँ । नेपाल आयल निगमले फेरी इन्धनको मुल्य बढाएको छ । साथै खाना पकाउने एलपी ग्यासको पनि मुख्य बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २ र२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए ।

भारतीय आयल कर्पोरेसन्सले जुलाई १ मा पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने देखिएको उनले बताए ।
नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २र२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम गरेकाु उनले बताए ।

यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ कायम गरेको जनाएको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ