स्थानिय प्रशासनको आदेशको धज्जी उडाउदै बैंक कर्मचारीहरु आन्दोलनमा

स्थानिय प्रशासनको आदेशको धज्जी उडाउदै बैंक कर्मचारीहरु आन्दोलनमा

  • मङ्लबार, असार २२, २०७८
  • दिपक चौरसिया

  • 10.7K
    SHARES

पर्सा, २१ असार । कोभिड–१९ महामारीलाई ध्यानमा राखी स्थानिय प्रशासनले कुनै सभा, सम्मेलन वा भिडभाड नगर्न भन्दै निशेधाज्ञा जारी गरेको छ । कोरोनाको हटस्पटल बनेको पर्सा जिल्लामा बैंकका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पाल्ना नै नगरी भिडभाड गर्दै आन्दोलन गरेको हेर्दा सचेत नागरिकहरु आक्रोशित बनेका छन् ।
नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक कारोबार हुने बैंकमा पनि राजनीति हावी हुन थालेको छ । नेपाल सरकारले विगतका वर्षहरुदेखि नै कारोबारलाई बैंक मार्फत लैजान लागि रहेको अवस्थामा बेला बखत बैंकबाट पैसा गायब हुनु, खाताधनीको हस्ताक्षर विना पैसा निस्कनु, संयुक्त खाताबाट बैंकका कर्मचारीहरुको मिलोमतामा एकजना खाताधनीले पैसा निकाल्नु जस्ता घटनाहरु बेलाबखत सार्वजनिक भएसँगै आम जनताहरुको बैंकबाट पनि विश्वास गुम्न थालेको अवस्थामा अहिले केही कर्मचारीहरुको फोहरी राजनीति शुरु भएको छ ।
आम नागरिक लगायत देशकै मुटु नै हो आर्थिक अवस्था र आर्थिक कारोबार गर्ने अति सम्वेदनशील सँस्था हो बैंक । तर केही दिन यता केही बैंक र केही बैंकका कर्मचारीहरुको निजी स्वार्थको लागि दिन प्रतिदिन बैंकबाट पनि सर्वसाधारणको विश्वास गुम्दै गएको अवस्थामा पुनः वीरगंजमा एउटा घटना सार्वजनिक भएको छ । भनिन्छ घरभित्रको समस्यालाई घरभित्रै सुल्झाउनुपर्छ, नत्र बैंक जस्तो सम्वेदनशील सँस्थामाथि प्रश्न उठ्न थाल्यो भने राज्यको कति नोक्सानी हुन्छ त्यो अनुमान पनि लगाउन सकिदैन । यसै क्रममा वीरगंजमा बैंकका कर्मचारीहरु केही माग राख्दै आन्दोलनमा उत्रेका छन् । बैंकसँग समस्या छ भने बैंकसँगै बसेर सुल्झाउनुपर्नेमा केही ठेकेदार पत्रकारहरुको बहकावमा आएर बैंकका कर्मचारीहरु बैंकमा आफ्नो समस्या नराखी बैंक बाहिर आन्दोलनमा उत्रेका हुन् ।
वीरगंज महानगरपालिका भित्र रहेका बैंकका कर्मचारीहरूले समाजिक सुरक्षा भत्ताको विरुद्धमा बैंकमा समस्या नराखी पूरानो बसपार्कमा गएर आन्दोलन गरेका छन् । आफ्नो मांगप्रति गम्भिर हुन भन्दै बैंकका कर्मचारीहरु वीरगंजको पुरानो बसपार्कमा आन्दोलन गरेका छन् । आ–आफ्नो पहँुचको दम्भ बताउँदै बैंकरहरूले गरेको आन्दोलनमा केही तुछ मनोवृत्ति मानसिकता बोकेका व्यक्तिहरूको पनि सकृयता रहेको पाइयो । पत्रकारिताको आडमा ठेकेदारी चलाउँदै आएका ति व्यक्तिहरुको बहकावमा आएर बैंकरहरूले आन्दोलनमा उत्रेको बताइएको छ । ति कर्मचारीहरुले बेतुकको आफ्नो प्रचार प्रसार गर्नको निम्ति सम्पूर्ण पर्सेली पत्रकारको नाममा ठेकेदार पत्रकारलाई रकम समेत दिएको बताइएको छ ।
बैंकको कर्मचारी आन्दोलन गर्दा पहिला र्बैंकसँग समन्वय गर्नुपर्ने हो, त्यसबाट समस्याको समाधान नभए बंैकको अगाडी साँकेतिक आन्दोलन गर्नुपर्ने हो, त्यसबाट पनि समस्याको समाधान नभए अन्य बाटो अपनाउनुपर्ने हो तर ति ठेकेदारको सुझावमा बैंकका कर्मचारीहरुले बैैंक बद्नाम हुने गरि नै भड्किलो प्रचारवाजी सहित आन्दोलनमा उत्रेका हुन् । सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको बैंकरहरुको भनाई छ ।
बैंकहरुले निषेधाज्ञाको समयमा पनि सेवाग्राहीहरुलाई फोन मार्फत ऋण तिर्न धम्की र दबाव दिदै आएका छन् । निषेधाज्ञा सर्वसाधारणको कामहरु पूर्ण रुपमा बन्द भएको अवस्थामा पनि बैंकहरुको दबाव थेग्न नसकेर केही मानिसहरुमा मानसिक तनाव भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ