एजेन्सी, २२ असार । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् ।
नेपाली समय अनुसार राती पौने १ बजे इंग्ल्यान्डको बेम्बली स्टेडियममा खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल सोहि स्टेडियमा हुनेन् ।
क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा हराउँदै स्पेन सेमिफाईनलमा पुगेका हुन् । युरोकप फुटबलको दोस्रो सेमिफाईनल खेलमा भोलि राती इंग्ल्याण्ड र डेनमार्क भिड्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline