ताप्लेजुङमा कोरोना संक्रमणको नालीबेली-कोहि अस्पताल पुग्नेबितिकै त कोहि बाटैमा हुन्छ मृत्यु

ताप्लेजुङमा कोरोना संक्रमणको नालीबेली-कोहि अस्पताल पुग्नेबितिकै त कोहि बाटैमा हुन्छ मृत्यु

  • सोमवार, असार २१, २०७८
  • सूर्य प्रसाद लिम्बू

  • 5.6K
    SHARES

२१ असार, ताप्लेजुङ । फुङलिङ नगरपालिका ५ हुलाक टोलकी ५० वर्षिय मिना कुमारी खड्काको असार १९ गते निधन भयो । कोरोना संक्रमण देखिएपछि असार १६ गते जिल्ला अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएकी उनको अक्सिजनको मात्रा घट्न थालेपछि अस्पतालले सुविधा युत्त अस्पताल लैजान परिवारलाई सल्लाह दियो । परिवारले हेलिकप्टर मार्फत काठमाण्डौं लैजाने प्रयास गरे । तर, मौषम प्रतिकुलताको कारण हेलिकप्टर आउने सम्भावना भएन । शुक्रबार बेलुका एम्वुलेन्सबाट झापाको बिर्तामोड तर्फ लगे । तर इलामको जोरघर पुर्याउदा उनको देहान्त भयो । ‘शरिरमा तातो–तातो भएकाले तै हुन्छकी भनेर बिर्तासिटि अस्पताल त पुर्यायौं,’ मिनाका श्रीमान नन्दकुमार खड्काले भने, ‘तर डाक्टरले मान्छे छैन भनेपछि शव मात्रै फर्कायौं ।’ शाश गएपछिको शव कावेलीमा ल्याएर परिवार र आफन्तले शनिवार अन्येष्टी गरे ।

फुङलिङ नगरपालिका ६ नम्बर वडा, कोठेबारी निवासी शिवकुमार गुरुङको झापाको बीएण्डसी अस्पतालमा ज्यान गयो । कोरोनाको पहिलो लहरको अन्त्यतिर दोश्रो लहर आएको पत्तो नभएको अवस्थामा गुरुङ बिरामी भए । नेपाली काग्रेस फुङलिङ नगरपालिका नगर सभापतिसमेत रहेका गुरुङलाई तमोर अस्पतालमा भर्ना गरियो । अस्पतालले सुविधासम्पन्न अस्पताल जान शिफारिस गरेपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुयाइएका उनको पुर्याएकै दिन निधन भयो । मृत्यूपछि गरिएको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएपछि उनको शव जिल्लामै ल्याएर अन्येष्टी गरियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार दोश्रो लहरपछि कोरोना संक्रमणका कारण मृत्यूवरण गर्ने उनी पहिलो नागरिक बने । गुरुङको शव एम्बुलेन्समा ल्याएर नेपाली सेनाली अन्येष्टी गरे ।

ताप्लेजुङमा कोरोनाको भेरियण्ट प्रकारको संक्रमण फैलिएपछि पहिलो मृत्यूवरण गरेका गुरुङ र पछिल्लो खड्कामात्रै होइन, उपचारको लागि अन्यत्र लगिएका धेरैको ज्यान बाटोमा गएको छ । कतिपय अस्पतालसम्म पुग्न भ्याएका छन् । झापादेखि २ सय ३५ किलोमिटर दुरीमा रहेको ताप्लेजुङवाट बितामोड पुग्न एम्वुलेन्सलाई कम्तिमा आठ घण्टा लाग्ने भएकाले समयमा पुग्नुपनि चुनौती भएको छ । जिल्ला अस्पतालका डाक्टर सोनिङ लामा जव ढिला भइसक्छ तवमात्रै अस्पताल ल्याउने प्रबृत्तिले केही समस्या गराएको वताउ“छन । ‘मेरिङदेन गाउ“पालिका २ घरभइ फुङलिङ नगरपालिका ३ बस्दै आएकी एकजना महिलाको चा“ही हार्टअटाक्ट जस्तो भएर ज्यान गयो,’ लामाले थपे, ‘धेरैजना बिरामीहरू त निकै ढिलोगरी देखाउन आएको कारण पनि बचाउन समस्या भयो ।’ बिरामी र परिवारको अवस्था हेरी कतिपयलाई हेलिकप्टर र कतिपयलाई एम्वुलेन्सवाट तत्काल सुविधा भएको अस्पतालमा जान सल्लाह दिएको लामा वताउ“छन । सदरमुकामवाट हेलिकप्टर चार्टर गरेर गएका दुई पुरुष र एक महिलाको पनि ज्यान गयो । जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका सम्पर्क ब्यक्ति हेमराज कठायतका अनुसार एकजनाको झापा र दुईजनाको काठमाण्डौंमा निधन भयो । एम्बुलेन्सबाट गएका फुङलिङ नगरपालिका ५ क्याम्पस लाइनकी महिला र उक्त स्थानका एक पुरुषको धरानस्थिित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा मृत्यू भयो ।

फक्ताङलुङ गाउ“पालिका ४ नम्बर वडा, इखावु घरभई फुङलिङ नगरपलिका २ नम्बर वडा, वालमन्दिर टोल बस्दै आएकी एक महिलाको काबेली नपुग्दै ज्यान गयो । बाटैमा मृत्यू भएपछि त्यही एम्वेलेन्सबाट काबेली नदीमा शव पुर्याएर अन्येष्टी गरेको मृतकका छिमेकी मिना गुरुङ वताउ“छिन । जिल्लामा संक्रमणका कारण १० महिला र ६ पुरुष गरी १६ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । कोरोनाको दोश्रो लहरपछि सुक्रवार बेलुकासम्म १ हजार ४ सय १ जना संक्रमित भएका छन । तिमध्ये ८ सय ३२ जना निको भएका छन । सकृय संक्रमितको संख्या अझै ५ सय ६९ रहेको छ । संक्रमित हुनेमा पुरुष ८ सय १४ र महिला ५ सय ८७ रहेका छनभने निको हुनेमा पुरुष ५ सय र महिला ३ सय ३२ जना रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन । नौवटा स्थानिय तह रहेको जिल्लामा सबैभन्दा बढी संक्रमित फुङलिङ नगरपालिकामा ४ सय ६६ जना भए । ती मध्ये ४ सय २० जना निको भइसकेका छन्भने ४५ जना अहिले सकृय संक्रमित छन । आठराई त्रिबेणीमा २ सय ५३ जना संक्रमित हु“दा ८२ जना निको भएकाछन । सकृय संक्रमित १ सय ७१ जना छन ।

सिरिजंगा गाउपालिकामा १ सय ३ जना संक्रमित हु“दा ५६ जना निको भएकाछनभने ४६ जना सकृय संक्रमित छन । मेरिङदेन गाउ“पालिकामा ९२ जना संक्रमित हु“दा ५४ जना निको भएकाछन । ३८ जना संक्रमित रहेका छन । मिक्वाखोलामा ८५ जना संक्रमित हुदा २६ जना निकोभएका छन । ५९ जना सकृय संक्रमित छन । मैवाखोलामा ८३ संक्रमित मध्ये ५१ जना निकोभएका र ३२ जना संक्रमित रहेको खरेलले जानकारी दिइन । फक्ताङलुङ गाउ“पालिकामा ४० जना संक्रमित हु“दा २६ जना निको भएकाछन । १४ जना सकृय संक्रमित छन । पाथीभरा याङवरकमा ३७ जना संक्रमित हुदा ३६ जना निको भएका र एकजनामात्रै संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अधिकांस संक्रमित अहिलेपनि होम आइसोलेसनमै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ