स्थलगत रिपोर्टिंग गरेर सत्य तथ्य समाचार सम्प्रेशन गर्न सांसद तिवारीले दिए पत्रकारलाई सुझाव

स्थलगत रिपोर्टिंग गरेर सत्य तथ्य समाचार सम्प्रेशन गर्न सांसद तिवारीले दिए पत्रकारलाई सुझाव

  • सोमवार, असार २१, २०७८
  • सन्जय सहनी  

  • 6.7K
    SHARES

अषाढ २१  । प्रदेश नं २ को महोत्तरी क्षेत्र नं ३ ९ख० का प्रदेश सासंद रानी शर्मा तीवारीले केही बिकास बिरोधी तत्व आफ्नो कु(प्रचारमा लागेको बताएकि छिन् ।
सोमबार सन्चारकर्मीहरुसँगको कुराकानीमा सान्सद तिवारीले निर्वाचित भए देखि नै क्षेत्रको चौतर्फी बिकास बारे गम्भीर भइ लागेता पनि बिकास बिरोधि केही समुहले बिना कारण आफुलाइ बदनाम गर्न खोजेको बताएकि हुन।
सान्सद तिवारीले कहिले आफू खुसी उपभोक्ता समिती निर्माण गरेर त कहिले विभिन्न योजनाको स्टिमेट अनुरुप काम नगरी भ्रष्टाचार गरेको ,आर्थिक अनियमितता गरेको भनेर आरोप लगाउने कार्य भ्रामक र कपोलकल्पित भएको भन्दै आक्रोश पोखेकि छिन।
विभिन्न योजनाको उपभोक्ता समिती बनाउने काम समन्धित वडा अध्यक्ष ,नगर पालिकाको भए ता पनि सान्सदले आफ्नो आदेशमा उपभोक्ता समिती बनायो भनेर आरोप लगाउनु गलत भएको बताइन।
महोत्तरीको मनरासिसवा नगरपालिका वडा नं। ८ सहसराम गाँउमा सडक निर्माणका लागि नपामा आएको शशर्त अनुदानको बजेट र बनेको उपभोक्ता समिती सँग आफ्नो नाम जोडेर विभिन्न मिडियामा आएको समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको बताइन ।
सान्सद तिवारीले समाचारमा भनिए अनुसारको उपभोक्ता समितीमा कहि कतै आफ्नो हस्ताक्षर नभएता पनि हावाको तालमा लेखिएको समाचार प्रती आफ्नो घोर आपती रहेको बताइन ।
तिवारीले निर्वाचित भए देखि अहिले सम्म आफ्नो निर्देशनमा कुनै पनि फर्जि उपभोक्ता समिती निर्माण ,भ्रष्टाचार र अनियमितता नगरिएको समेत स्पष्ट पारिन् ।
सान्सद तिवारीले भनिन ( जनता मेरा भगवान हुन ,बिकास प्रेमी जनताले भने अनुसार क्षेत्रमा बिभिन्न बिकास निर्माण र गतिबिधीमा ब्यस्त छु ,केही समुहले भए नभएको मनगढ्न्ते कुरा गर्दै भ्रम छर्दैछ । एक दिन सबैको हिसाब किताब दुधको दूध पानीको पानी हुनेछ।बिना प्रमाण ,तथ्य ,आधारहिन कुरा गर्नु पागलपन नै हो ।
विभिन्न योजनाको स्टिमेट बनाउने ,नाप जोख गरि बिल भुक्तानीको लागि स्वीकृत गर्ने काम प्राबिधिकको भएको सबैलाई थाह छ ।मेरो निर्देशनमा भएको काम स्टिमेट अनुसार भएको र जति काम भको छ त्यती नै भुक्तानी भएको ठोकुवा गर्छु ता पनि माननिय तिवारीले लाखौ ,करोडौं लुट्यो भनेर भन्नेलाई स्थलगत डिटेल बुझेर बोल्न र लेख्न सुझाब दिइन ।
प्रदेश सान्सद बैठक देखि अयोजित विभिन्न सार्वजनिक कार्यक्रममा भ्रष्टाचार अनियमितता ,महिला हिंसा ,जातिय छुवाछूत देखि समाजका हरेक बिकृती बिसङ्गती रोक्न आवाज उठाइरहने सांसद तिवारी बारे विभिन्न मिडिया र सामाजिक सन्जालमा भ्रामक र अतिरन्जित कुरा उठेपछी क्षेत्रका प्रबुद्ध बर्गहरु आक्रोशित बनेका छन् । सान्सद तिवारी प्रदेश २ कै प्रखर बक्ता कै रुपमा चर्चित नेतृ हुन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ