अर्जेन्टिना कोपा अमेरीका फुटबलको सेमिफाईनलमा प्रवेश

अर्जेन्टिना कोपा अमेरीका फुटबलको सेमिफाईनलमा प्रवेश

  • आइतवार, असार २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

अर्जेन्टिना कोपा अमेरीका फुटवलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सकिएको खेलमा इक्वेडरलाई ३ ० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।

अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक एक गोल गरे।

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

खेलको४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो। गोन्जालेजले मेसीको पासमा हेडमार्फत् प्रहार गरेको थिए। तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए।

८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो।

लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो। मेसीले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरेका थिए।

अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बियाले आइतबार नै भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

अर्को सेमिफाइनलमा आयोजक ब्राजिल र पेरुबीच खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ