प्रतिगमन विरुद्ध एकताबद हुन पाँच दलद्वारा संयुक्त आहवान

प्रतिगमन विरुद्ध एकताबद हुन पाँच दलद्वारा संयुक्त आहवान

  • शनिबार, असार १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

वीरगंज, १९ असार । प्रतिगमन विरुद्ध एक जुट हुन पर्साका पाँच राजनितीक दलले संयुक्त आहवान गरेको छ । झण्डै ७ दशकको निरन्तरको जनसंघर्ष पछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, संविधानसभाबाट निर्मित संविधान, विधिको शासनप्रणली र समाजवाद उन्मुख समृद्धिको मार्गचित्रलाई विलुप्त गरी पुनः कालोदिनका लागी अध्याँरो सुरुङ्गभित्र देशलाई धकेल्ने वर्तमान संघीय सरकार र शितल निवासको भूमिका विरुद्ध हामी ५ राजनैतिक दलहरु मोर्चावद्ध भई सबैलाई एकजुट हुन आहवान गर्दै पर्साका पाँच राजनितीक दलले संयुक्त वक्तव्य निकालेका हुन ।
नेपाली काँग्रेस पर्साका उपसभापति प्रकाश कुमार उपध्याय, नेकपा माओवदी केन्द्रका प्रदेश समिती सदस्य छोटेलाल यादव, नेकपा एमाले पर्साका अध्यक्ष बालगोपाल थापा, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव र राष्ट्रिय जनमोर्चा पर्साका अध्यक्ष अक्षेलाल साहद्वारा हस्ताक्षरीत संयुक्त वक्तवयमा पर्सा जिल्लामा समेत पाँच राजनितीक दलहरु २०७८ असार १७ गते बैठक बसी एक जुटभएर आबढन एकताबद्ध भएका छौं । जिल्ला भित्रका स्थानियतहका पार्टी अगुवाहरुलाई पनि यसै बमोजिम एक जुटभएर अगाडि बढन वक्तव्यमा उल्लेख छ ।
सोहि वक्तव्यमा विगतका विभिन्न आन्दोलनहरु ९संयुक्त जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलन, आदिबासी जनआन्दोलन आदि० बाट प्राप्त उपलब्धीहरु आज पुनः खोसिने र निरंकुशताको इतिहास दोहो¥याउने षडयन्त्र सहित निर्वाचित प्रतिनिधि सभा पटक–पटक विघटन गरिदैछ । यसले संविधानको हुर्मत लिने काम भएको छ भने कानुनी राज्यको खिल्ली उडाईएको छ । सुशासन दिन नसक्ने व्यक्तिको हातमा राज्यसत्ताको नेतृत्वको परिणाम आजको स्थिति हो । यसबाट मुलुक गम्भिर संकटमा परेको छ र यसबाट राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता अदि सबै खतरामा परेको हाम्रो ठहर छ । यसर्थ, संविधानको रक्षार्थ र संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रतिगमन विरुद्ध उभिनु कत्र्तव्य ठानेका छौं र एकजुट भएका हौं उल्लेख गरीएको छ ।
विश्वव्यापी माहामरीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड –१९० ले शुत्र mबारसम्म ९ हजार १ सय ८९ जना नेपालीको नेपालमा र नेपाल बाहिर ५ सयभन्दा बढीको ज्यान लिईसकेको छ । मृतक सबै प्रति हार्दिक श्रद्धानजली । यस महामारीले विश्वकै अर्थतन्त्रलाई संकटमा पु¥याएको छ । हामि नेपाली र नेपाल कति पिडामा छौं, सबैले बुझेका छौं । यसप्रति राज्य जति गम्भिर हनुपर्ने, पुर्व तयारी गनेुपर्ने, रोकथाम तथा उपचारका उपायहरु गर्नुपर्ने जति अबलम्बन गरेको देखिएन । झन राहतका नाममा भ्रष्टाचार आदि देख्दा घृणा जागेर आउँछ । राहत स्वरुप संकलन भएको सहयोग कहा वितरण हुन्छ रु कसले प्राप्त गर्दछ रु साथै कति आउँछ रु कुनै हिसाब किताब हुदैन् । यी सबैका विरुद्ध हावाज उठाऔं, कोभिड–१९ विरुद्ध एकजुट भई अगाडि बढौं र स्वास्थ्य मापदण्ड पालना गरी कोरोनाबाट बचौं । साथै सम्पुर्ण लक्षित नेपाली जनतालाई यथासिघ्र खोप उपलब्ध गराउन नेपाल सरकारसंग जोडदार माँग गर्दछौ बक्तव्यमा भनिएको छ । बक्तव्यमा प्राकृतिक प्रकोप चट्याङ्ग, बाढी र पहिरो सम्बन्धमा साथै विभिन्न आन्दोलनमा प्रहरी हस्तक्षेपको प्रतिवाद गरीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ