धादिङ असार १९ । अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले लागेर दुई जनाको ज्यान गएको छ ।
मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोबाटै खसेको ढुंगा लागेर भारत घर भएकी ४३ वर्षीया सोनी देवीको पनि मृत्यु भएको छ । सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा बिहान मृत्यु भएको हो ।
राजमार्गमा पहिरोका कारण आधा दर्जन गाडीमा क्षति पुगेको छ । पहिरोले अवरुद्ध राजमार्ग अहिले एकतर्फी रुपमा सूचारु गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline