सप्तकोशीमा पानीको बहाबले खतराको सतह पार गर्यो, भारतले व्यारेजको सबै ढोका नखोल्दा स्थानीय चिन्तित्

सप्तकोशीमा पानीको बहाबले खतराको सतह पार गर्यो, भारतले व्यारेजको सबै ढोका नखोल्दा स्थानीय चिन्तित्

  • शनिबार, असार १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

सुनसरी असार १९ । पूर्वको सप्तकोसी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ । कोशी नदीमा बहाब बढेपछि सुनसरी, उदयपुर र सप्तरी जिल्लाका स्थानीय वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको हो। शनिबार बिहान ९ सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख २१ हजार ४७५ क्युसेक पुगेको छ।
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आतंकित बनेका छन्। पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २९ वटा मात्र ढोका खोलेको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीले ४० ढोका खोल्न अनुरोध गर्दा समेत भारतले ढोका खोल्न नमानेको बताइएको छ। सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ती डुवानमा पर्ने चिन्ताले स्थानीयलाई सताएको छ ।
खास गरी भारतले निर्माण गरेको कोशी व्यारेजको ढोका सबै नखोलिएका कारण पनि नेपालीहरु त्रासमा परेका छन् ।
भारतले ५६ ढोका मध्य २९ वटा मात्र ढोका खोलेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको महेन्द्रनगर, प्रकासपुर, राजाबास, मधुवन, र हरिपुर क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् ।

२०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो। कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकही गाविसमा हजारौं विघा खेतियोग्य जमिन भरुभुमिमा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ